संक्षिप्त परिचय

प्रदेश नं-५ अन्तर्गत बर्दिया जिल्लाको पूर्बमा गुलरिया नगरपालिका, पश्चिममा ठाकुरबाबा नगरपालिका ,उत्तरमा बारबर्दिया नगरपालिका र दक्षिणमा मित्र राष्ट्र भारतको उत्तर प्रदेश सँग जोडिएको मधुवन नगरपालिका नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७३/११/२७  गतेको निर्णय अनुसार घोषणा गरीएको हो । वि.सं.२०३४—२०३५साल सम्म तत्कालिन पुर्नवास कम्पनीले नेपाल राज्यका विभिन्न स्थानबाट बसाइसराइ गरी साविक ताराताल गा.वि.स.बसोबास गर्दै आएको र वि.सं.२०४० सालमा बर्दिया जिल्लाका बबई उपत्यका अन्तर्गत सानोश्री गा.वि.स.लाई बर्दिया राष्ट्रिय निकुञ्ज विकास गर्ने क्रममा ताराताल क्षेत्र बसाइसरी यस क्षेत्रमा बसोबास गरिएको साविक सानोश्री , ताराताल , सूर्यपटुवा र ढोडरी गा.वि.स.लाई एकिकरण गरी मधुवन  नगरपालिका नामाङ्करण गरिएको छ ।  पूर्ण सरसफाई,पूर्ण साक्षर,पूर्ण खोपसहितको एक समृद्घ नगरपालिका बनाउने हाम्रो दुर दृष्टि रहेको छ ।

विषेशताहरुः–

क. उर्वर भूमि

ख. जैविक विविधता

ग. सांस्कृतिक विविधता 

घ. ऐतिहासिक ताराताल 

ङ. पवित्र सरजु नदि (ब..